काठमाडौं । अवैध रूपमा अमेरिका छिरेका आठ जना नेपालीलाई आज स्वदेश डिपोर्ट गरिएको छ । अध्यागमन विभागकाअनुसार आठ जना नेपाली लिएर अमेरिकी चार्टर विमान बुधबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ । उनीहरुको थप पहिचान भने खुलाइएको छैन ।
अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका रुपमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले आप्रवासी नीति कठोर रुपमा लागू गरेका छन् । उनको यो कदमले अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासी धमाधम डिपोर्ट भइरहेका छन् । यसअघि नै २७ नेपाली अमेरिकाबाट निकालिएका छन्।































प्रतिक्रिया