२३औं यदु स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार दिल भुषण पाठकलाई

२३औं यदु स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार दिल भुषण पाठकलाई

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । २३औं यदु स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार दिल भुषण पाठक विभुषित भएका छन् ।

२६औं यदु स्मृति दिवस तथा २३औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहको अवसरमा आयोजित एक विशेष कार्यक्रमबीच वरिष्ठ पत्रकार पाठक सम्मानित भएका हुन् । यदु स्मृति पत्रकारिता पुरस्कार हत्या, हिंसा र दण्डहीनताको अन्त्यका लागि कलम चलाएर योगदान दिए बापत पुरस्कार सिफारिस समितिले पाठकको नाम तय गरेको समिति संयोजक एवं एमालेका सांसद सूर्य थापाले बताए । उनका अनुसार पाठकलाई नगद रु.२६ हजारसहित प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।

तत्कालीन नेकपा (एमाले)का सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौर जहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओबादी जनयुद्धलाई कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो भएको टिप्पणी गरे । साथै उनले समाज परिवर्तनका लागि हतियार भन्दा विचार नै प्रमुखपक्ष रहेको र हतिहार सधैं गौर रहने पनि जिकिर गरे ।

नेकपा एमालेका सांसद सूर्य थापाले पुरस्कार वितरण समारोहका दौरान यदु स्मृति पत्रकारिता पुरस्कार दुई मापदण्डबाट दिँदै आएको बताए । जहाँ पहिलो वर्ष राप्ती क्षेत्रकै र दोस्रो वर्ष राष्ट्रिय पत्रकारिता क्षेत्रको पत्रकारलाई सम्मान गरिने उनको भनाइ थियो । उनले वरिष्ठ पत्रकार दिल भुषण पाठकलाई सम्मानित गर्नुको कारण माओबादी सशस्त्र द्धन्द्धको समयमा नेपालगञ्जलाई केन्द्र बनाएर कर्णाली र भेरीका टोलटोलमा पुगेर सबैभन्दा धेरै फिल्ड रिपोर्टिङ गर्नुलाई मुख्य आधारमा लिइएको बताए ।

कार्यक्रममा यदु गौतमका कान्छी छोरी सुजाता गौतमले ७ वर्षकै उमेरमा बुवालाई मात्र नएर एक कुशल नेतालाई गुमाएको बताइन् । उनले उक्त समय बत्ती जानासाथ फेरि युद्ध सुरु थाल्यो भनेर कोठामा लुक्न गएको क्षण पनि सम्झिइन् ।

यदु स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत वरिष्ठ पत्रकार दिलभुषण पाठकले माओबादी सशस्त्र युद्धको समयमा रिपोर्टिङ गर्दा आफू २३ वर्ष मात्र रहेको र युद्धमा पत्रकारहरु पनि वीरगती प्राप्त गरेको खबरले आफू पनि युद्धको चपेटामा पर्न सक्ने डर प्रत्येक क्षण मनमा रहेको स्मरण गरे । तर त्यो डरमा पनि राज्य र माओवादी दुवैको पक्षमा नरही तटस्थ रहेर पत्रकारिताको धर्म निभाउन सकेकोमा गर्व व्यक्त गरे ।

Logo