मन्त्रिपरिषद्ले नै कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने

मन्त्रिपरिषद्ले नै कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ‘प्राधिकरणको कार्यकारी निर्देशकबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार स्पष्टीकरण सोध्नका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई जिम्मेवारी दिएको हो । उर्जामन्त्री दिपक खड्काले यस अघि नै २ बुँदे स्पष्टीकरण सोधिसकेका छन् ।

घिसिङले आफुलाई उर्जामन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नभएको वक्तव्य दिइसकेका छन् ।

Skip This
Skip This
Logo