काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्न वर्तमान सरकार लागिपरेको आरोप लगाएका छन् ।
‘चनाखो रहनुहोस, फेरि अर्को कुचेष्ठा हुँदैछ’ भन्दै सामाजिक सञ्जालमार्फत पूर्वराजासँग बसेको तस्विर शेयर गरेका प्रसाईंले राजतन्त्र पुनः स्थापनाको माहोल देशव्यापी बनेपछि वर्तमान अत्तालिएर पूर्वराजा शाहलाई नजरबन्दमा राख्ने र आफूलाई पुनः झुटा मुद्धा लगाई पक्राउको तयारी गर्दै गरेको विशेष सुत्रबाट थाहा भएको बताएका हुन् ।
‘बिरबिक्रम शाहदेव सरकारलाई नजरबन्दमा राख्ने र मलाई पुनः झुटा मुद्धा लगाई पक्राउको तयारी गर्दै गरेको समाचार मलाई बिष्वस्त सुत्रबाट प्राप्त भएको छ । यस क्षणमा बिभाजित होईन एकताबद्ध भएर राजसंस्था पुनः स्थापनाको आन्दोलनको आँधिबेहरी ल्याउन म सम्पुर्ण राष्ट्रभक्त नागरिकहरुमा आव्हान गर्दछु ।’ उनले भनेका छन्, ‘२५ गते अगाडि नै मलाई पक्राउको तयारी गर्दैछ । म रहूँला वा नरहुँला,मलाई हिरासत लैजाला वा बाहिरै रहुँला केहि छैन । २५ गते सरकारको सवारीमा यस्तो शक्ति प्रदर्शन गरौं कि यी देश बेचुवाको सत्ता च्युत होस्, नेपाललाई फेरि हाम्रो गौरवपूर्ण नेपाल बनाउने यात्रा शुभारम्भ होस् ।’
राजसंस्थाको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार काठमाडौंमा राजा आउ देश बचाऊ भन्दै मोटरसाइकल र्याली नै निकालेको थियो । जसमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंसँगै देखिएका थिए ।
पूर्वराजा शाह आगामी २५ फागुनमा पोखराबाट काठमाडौं आउँदैछन् । सोही दिन राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आमसभा राखेको थियो । तर, बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आमसभा स्थगित गर्ने र पूर्वराजाको स्वागतमा विमानस्थलमा उपस्थित हुन आह्वान गरेको छ ।





























प्रतिक्रिया