अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न कांग्रेस सांसदको माग

अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न कांग्रेस सांसदको माग

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले नेपालले पाएको अमेरिकी अनुदान सहयोगबारे नेपाल सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसद रामहरी खतिवडाले अमेरिकाले नेपाललाई प्रदान गरेको अनुदान सहयोग दुरुपयोग भयो भनेर प्रश्न उठिरहेका बेला कुन निकायबाट कस्तो कामका लागि कति खर्च भएको हो भनेर विस्तृत विवरण सार्वजनिक हुनुपर्ने माग गरेका हुन् । उनले भने, “अमेरिकी सहयोग बारे श्वेतपत्र जारी गरियोस् । गैरसरकारी सस्था वा अन्तराष्ट्रिय गैरसकारी सस्था मार्फत् प्राप्त भएको रकमबारे स्पष्ट जानकारी दिइयोस् ।”

उनले अमेरिकाले अवैधानिक रूपमा बसेका नेपालीलाई नेपाल फिर्ता पठाइएको र पत्रकारले प्रश्न गरेकै आधारमा संसद्को पास स्थगन गरिएको भन्ने विषय उठान बारे पनि उनले सदन मार्फत सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सांसद देवेन्द्र पौडेलले पनि अमेरिकाबाट हालसम्म ३५ नेपाली नागरिक नेपाल फिर्ता भएको उल्लेख गर्दै विभिन्न देशमा रहेका नेपाली नागरिकलाई स–सम्मान स्वदेश फिर्ताका लागि सरकारले परराष्ट्र मन्त्रालयमार्फत् पहल गर्नुपर्ने बताए । उनले भने, “दुवई, जापान, क्यानडा, कोरियालगायत मुलुकबाट नेपालीलाई डिपोर्ट गरिएको छ । त्यहाँ समस्यामा परेका नागरिकलाई फिर्ता गर्नका लागि परराष्ट्र मन्त्रालयमार्फत् पहल गरिनुपर्छ ।”

Skip This
Skip This
Logo