६ देशका राजदूतले पेश गरे राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

६ देशका राजदूतले पेश गरे राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र गिनीका गैरआवसीय राजदूत अलासने कोन्टे, गणतन्त्र युगाण्डाका गैरआवसीय राजदूत जोइस काकुरामात्सी किकाफुण्डा, बोस्निया तथा हर्जगोभिनाका गैरआवसीय राजदूत हरिस हर्ले, गणतन्त्र ग्वाटेमालाका गैरआवसीय राजदूत ओमर लिसान्ड्रो कास्टानेडा सोलारेस, इटालीका गैरआवसीय राजदूत एन्टोनियो एनरिको बार्टोली र ग्रीसको गैरआवसीय राजदूत अलिकी कउटसोमिटोपोउलोउले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू समेतको उपस्थिति थियो ।

Skip This
Skip This
Logo