काठमाडौं । बागबजारमा अवस्थित शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकी उच्च शिक्षाबारे विस्तृत जानकारी प्रदान गर्न आयोजना गरेको विशेष जानकारी सत्र सम्पन्न भएको छ ।
इन्लाइटनकै केन्द्रिय कार्यालयमा आयोजित उक्त विशेष जानकारी सत्रमा बेथानी कलेज, वेस्ट भर्जिनियाकी रिक्रुटमेन्ट म्यानेजर सेफिना जोशीको उपस्थिती रहेको थियो ।
बिहान ८ बजेदेखि ९ बजेसम्म चलेको यो शैक्षिक कार्यक्रममा विद्यार्थीहरुले बेथानी कलेजमा अध्ययनका अवसरका सँगसँगै छात्रवृत्ति योजनाहरूको जानकारी, भर्ना प्रक्रिया, आवश्यक योग्यता, र कलेजको सुविधाबारे पनि विद्यार्थीहरूले प्रत्यक्ष जानकारी लिएका थिए ।

यस सत्रमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको र कलेजको शैक्षिक प्रणालीको बारेमा जानकारी लिएको वेस्ट भर्जिनियाकी रिक्रुटमेन्ट म्यानेजर जोशीले बताइन् । बेथानी कलेज अमेरिकाको वेस्ट भर्जिनियामा अवस्थित छ । यो कलेज पूर्णरुपमा आवासिय हो । जसका कारण विद्यार्थीहरुले कहाँ बस्ने कुराको चिन्ता लिनुपर्दैन । यो कलेज उच्च शिक्षाको लागि निकै नै उत्कृष्ट रहेको छ ।

यो सत्र अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि निकै महत्वपूर्ण सावित भएको आयोजक पक्षको भनाई छ ।
साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।
































प्रतिक्रिया