ट्यांकरको ठक्करबाट नवलपरासीमा २ जनाको मृत्यु

ट्यांकरको ठक्करबाट नवलपरासीमा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा ट्यांकरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आईतबार बिहान विहान सवा नौ बजे तिर सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आईरहेको ग १५ प ३४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका १६ लामाचौरका २९ वर्षीय प्रवीन गुरुङ र २६ बर्षका विनोद बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

गुरुङको पृथ्वीचन्द्र अस्पतालमा पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको थियो भने बानियाँको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करपछि मोटरसाइकल पनि जलेको छ । ठक्कर दिने ट्यांकरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo