‘आयोडिनको मात्रा तत्काल नियन्त्रण गरियोस्’ -निशा डाँगी

‘आयोडिनको मात्रा तत्काल नियन्त्रण गरियोस्’ -निशा डाँगी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गर्न माग गरेकी छन् ।

बैठकको शून्य समयमा उनले नेपाल साल्ट्रट्रेडिङ करर्पोरेशनले नेपालभर नुन वितरण गर्ने गरेको र विश्वस्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन प्रयोग गरेको पाइएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अध्ययन गरी नियन्त्रण गर्न माग गरेकी हुन् ।

सांसद नैनकला थापाले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सबै महिलालाई शुभकामना व्यक्त गर्दै दक्षिण एसियामा महिला आन्दोलनका कारण धेरै अधिकार पाएको स्मरण गर्दै अझै महिलाका अधिकार कार्यान्वयनमा बढी ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सांसद प्रतिमा गौतमले ‘हेनोफोलिया’ एक प्रकारको आनुवांशिक रोग भएको र यो रोग लागेपछि शरीरबाट रगत नरोकिएर गम्भीर समस्या भइरहेको भन्दै त्यससम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा ध्यान दिन आग्रह गरिन् ।

Skip This
Skip This
Logo