काठमाडौं । सरकारकाे कार्यसम्पादन मुल्यांकनमा सबैभन्दा कमजोर देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफू फेल नभएको जिकिर गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले भने, “म जिम्मेवारीमा आइसकेपछि एउटा दुईटा विषयमा हौसिएछु । म फेल भएको होइन, हौसिएको चाहिँ रहेछु ।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा उनले ७ अंकमात्र पाएपछि चौतर्फ आलोचना भएको थियो ।
स्मार्ट लाईसेन्स वितरणमा र ग्वार्को फ्लाई ओभरमा आफू धेरै हौसिएको मन्त्री दाहालको भनाई छ । ‘म अलिकति स्मार्ट लाईसेन्स वितरणमा कमजोर देखिए । मैले पुस मसान्तसम्म ९ लाख स्मार्ट लाइसेन्स वितरण गर्छु भनेको थिएँ । तर, हालसम्म १ लाख ६९ हजार भन्दा बढी लाइसेन्स वितरण गरेका छौं । यसमा म अलि हौसिएछु’ उनले भने, ‘ग्वार्को फ्लाई ओभरमा अलिक हौसिएछ । ईपीसी मोडलमा बनाउन थालेका रहेछौँ । पुसमै सम्पन्न गर्ने भनिएकामा प्राविधिक कुरा आयो ।’





























प्रतिक्रिया