देशभरका शिक्षक उत्रिए आन्दोलनमा, काठमाडौंमा बृहत प्रदर्शन [तस्विरहरु]

देशभरका शिक्षक उत्रिए आन्दोलनमा, काठमाडौंमा बृहत प्रदर्शन [तस्विरहरु]

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका छन् । आज शनिबार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरेका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडामा केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सुरु गरेका हुन् । उनीहरु माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका छन् ।

विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरुले आन्दोलन गरेका हुन् ।

महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।

यता, आन्दोलनमा भेटिएका नेपाल ट्रेड युनियन कांगे्रसका महासचिव अजय कुमार राई आफू भौतिक रुपमै आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको बताउँदै पटक पटक सम्झौता भएका मुद्दाहरुलाई कार्यान्वयन नगर्नु भनेको राज्यको दृष्टिकोण श्रमजीवि वर्गप्रति सकारात्मक नहुनु रहेको बताए ।

‘राजनीतिक दलहरु पनि श्रमजीवी वर्गप्रति अनुदार हुनुको कारण आज फेरी शिक्षक साथीहरु आन्दोलनको मैदानमा उत्रनु परेको हो । त्यसर्थ विद्यालय शिक्षा ऐन सरकारले यथाशिघ्र जारी गर्नु पर्दछ । भन्ने ट्रेड युनियन कांग्रेसको यही धारणा छ,’ उनले भने ।

Skip This
Skip This
Logo