हरेक क्षेत्रमा महिला र पुरुषको अर्थपूर्ण सहभागिता हुनुपर्छ -नेतृ रञ्जु दर्शना

हरेक क्षेत्रमा महिला र पुरुषको अर्थपूर्ण सहभागिता हुनुपर्छ -नेतृ रञ्जु दर्शना

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले हरेक क्षेत्रमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएकी छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार नेपाल समाजवादी महिला संघले आयोजना गरेको वैकल्पिक राजनीति र महिला नेतृत्व विषयक संवाद कार्यक्रममा बोल्दै उनले राजनीतिमा महिलाको अर्थपुर्ण सहभागिता खोजे पनि पुरुषको अर्थपुर्ण सहभागिता नखोजिने गरेको बताएकी हुन् ।

उनले भनिन्, ‘राजनीतिमा महिलाहरुको सहभागिता र उपस्थिती भएर मात्र हुँदैन । त्यो अर्थपूर्ण हुनुपर्यो । अर्थपुर्ण सहभागिता पुरुष र महिलाको पनि हुनुपर्यो ।’

साथै उनले उद्यमशीलतालाई प्रवर्धन गर्नुपर्ने बताइन् । उनले व्यवसायीहरुलाई ‘चोर’ हुन् भन्ने नजरले सरकारले जबसम्म हेर्छ तबसम्म व्यवसायीहरुलाई प्रोत्साहन नहुने पनि बताइन् ।

Logo