काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि राज्य नै लाग्नु अस्वभाविक भएको टिप्पणी गरेका छन् ।
शनिबार सिन्धुलीमा पार्टीको क्षेत्रीय सम्मेलनलाई सम्बोधनका क्रममा ऊर्जामन्त्री दीपक खड्कालाई लक्षित गर्दै महामन्त्री थापाले राम्रो काम गर्न नसके नराम्रो पनि नगर्न सुझाव दिएका हुन् । तीनरचार महिनामा सेवानिवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिएको र यस्ता कुरा ठीक नभएको उनको भनाई छ ।
‘मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो । तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठिक होइन । यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन । सेवा निवृत्त भएपछि उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने हो ।’ उनले भने ।































प्रतिक्रिया