काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ आउने भनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको लागि तय गरेको पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर उनलाई भव्य स्वागत गर्ने तयारी गरेको छ ।
पूर्वराजा शाह फर्किने तयारीमा भैरहँदा राजावादीहरू भने सक्रियतासहित उनलाई दरबार (निर्मलस्थान) प्रवेश गराउने तयारीमा छन्।
ज्ञानेन्द्रलाई ठूलो जमातले सहजीकरण गर्दै निवास लैजाने तयारी गरेको छ। उनीहरूले राजसंस्थाको मागसहित प्रदर्शन पनि गर्ने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालसहितका दल र संस्थाहरूले राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ।
उनीहरूले आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ। त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजालाई स्वागत गर्न आज दिउँसो १ बजे विमानस्थल पुग्न सबैलाई अनुरोध गरेका छन् ।
यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरहरू आन्दोलनरत छन् । उनीहरूले अब चाँडी राजसंस्था पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।
पूर्वराजाको काठमाडौ फिर्ती हुँदा राजधानीका केही सडकमा प्रदर्शन हुने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । सरकारले राजधानीमा १० हजार भन्दा बढी सुरक्षार्की परिचालन गर्ने योजना बनाएको छ ।





























प्रतिक्रिया