काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)को १६औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ ।
प्याब्सनको अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध चयन भैसकेका छन् । पदाधिकारी चयन गरिने महाधिवेशनको औपचारिक कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
महाधिवेशनमा मुलकभरबाट २ हजार प्रतिनिधिहरूको सहभागिता रहेको छ । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ ।































प्रतिक्रिया