काठमाडौं । इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईप्यान)का अध्यक्ष लक्ष्मण केसीले सरकारले लगानी गरे निजी विद्यालयले पनि निःशुल्क पढाउन तयार रहेको बताएका छन् ।
प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशनको औपचारिक कार्यक्रममा बोल्दै केसीले सरकारले सरकारी स्कुलमा झैं निजी विद्यालयमा पनि लगानी गरे निःशुल्क अध्ययन गराउन तयार रहेको बताएका हुन्।
उनले भने, ‘बुढानिलकण्ठ जस्ता स्कुलहरू देशभरि खोलिनुपर्छ र निजी विद्यालय बन्द गरिनुपर्छ भन्ने कुरा सुनिन्छ । मन्त्री आउने बित्तिकै त्यो कुरालाई यति धेरै पपुलर कुरा मानिन्छ र हो त्यही गर्नुपर्छ भनेर सबैजना मान्छे लाग्छन् । बुढानिलकण्ठ स्कुलको झैं इन्फ्रास्ट्रक्चर तयार गर्नका निम्ति जग्गा र आर्थिक लगानी सरकारले गर्यो भने निजी विद्यालयले पढाउन तयार छ ।’
साथै उनले यदि बोर्डिङ स्कुलहरूको स्थापना नभएको भए आज हाम्रो विद्यालय शिक्षा पनि ९० को दशकमै सीमित रहनेमा जिकिर गरे ।































प्रतिक्रिया