विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले वृद्धि, १४.४ महिनासम्मको आयात धान्ने

विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले वृद्धि, १४.४ महिनासम्मको आयात धान्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको माघ मसान्तमा १६.१ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति उक्त प्रतिशतले बढेर माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति यस वर्षको असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा माघ मसान्तमा ११.७प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको राष्ट्र बैंकले बताएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा माघ मसान्तमा १३.९ प्रतिशतले वृद्धि भई रु.२१०५ अर्ब १४ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति माघ मसान्तमा ३७.१ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ । २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको छ ।

आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बताइएको छ । माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत रहेका छन् ।

२०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

Logo