इतिहासको रथ पछाडि फर्किँदैन, निरंकुश शासन सहन सकिँदैन -माधव नेपाल

इतिहासको रथ पछाडि फर्किँदैन, निरंकुश शासन सहन सकिँदैन -माधव नेपाल

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्षमाधव कुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताएका छन् ।

सोमबार समाजवादी मोर्चाको बैठक पश्चात उनले राजाको विषयमा बोल्दै जनताले चाहेको प्रगती, परिवर्तन, हित र कल्याणको शासन राजाबाट सम्भव नभएको भन्दै इतिहासको रथ पछाडि फर्किन नसक्ने बताए ।

उनले भने, ‘सिध्याउन खोज्ने कुनैपनि प्रवृत्ति निन्दनीय छ, अस्विकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन् । प्रगती, परिवर्तन चाहिएको छ, जनताको हित र कल्याणको शासन चाहियो । यो राजाबाट सम्भव छैन । इतिहासले यो कुरा भनि सकेको छ । फेरि त्यो निरङ्कुश शासनमा जनता जाँँदैनन् ।’

Logo