सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न, सञ्जुकुमारी र सुकीर्तिले जिते जनही ६० हजार

सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न, सञ्जुकुमारी र सुकीर्तिले जिते जनही ६० हजार

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न भएको छ ।

काठमाडौंमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्री राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौं क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो स्थान जित्न सफल भएका छन् । पहिलो स्थान जित्न सफल उनीहरू दुवैले जनही ६० हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यस्तै, सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसीले दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उहीहरूले जनही ४० हजार नगद पुरस्कार पाए ।

पुरस्कार वितरण कार्यक्रममा विजेतासहित कन्ट्री राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए ।

‘कन्ट्री राउन्ड’मा इटहरी, काठमाडौं, नेपालगञ्ज र पोखरा क्लस्टर तथा वीरगञ्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई/दुई जना गरी २० जना प्रतिस्पर्धी थिए । ‘कन्ट्री राउन्ड’अघि सञ्चालन गरिएका ‘ब्रान्च राउन्ड’ र ‘क्लस्टर राउन्ड’मा उत्कृष्ट भएकाहरू कन्ट्री राउन्डका लागि छनोट भएका थिए ।

ब्रान्च राउन्डमा ४ सय ७६ जना र क्लस्टर राउन्डमा १९६ जनाले प्रतिस्पर्धा गरेका थिए । सांग्रिला डेभलपमेन्ट बैंकले २०८० सालदेखि ‘सांग्रिला क्विज’ सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा लामो समय सेवा गर्ने कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो ।

Skip This
Skip This
Logo