वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड बराबर पुगेको छ ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय ६६ अर्ब ६४ करोड थियो ।

सो अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोडले घाटामा थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ४५ अर्ब ६८ करोड थियो ।

Skip This
Skip This
Logo