काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज राजसंस्था गुम्नुको मुख्य कारण राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेको आरोप लगाएका छन् ।
नेपालमा संवैधानिक राजतन्त्र स्थापना गर्नका लागि बारम्बार सामाजिक र राजनीतिक अभियान चलाइरहेका प्रसाईंले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘२०७२ सालमा संबिधान घोषणा हुने बेला राप्रपाका दुई नेताहरु कमल थापा र राजेन्द्र लिंदेनले हस्ताक्षर नगरेको भए आज हाम्रो सनातन धर्म मासेर धर्म निरपेक्ष राज्य हुने थिएन, राजादेखि माओवादी सम्म अट्ने व्यवस्था हुने थियो ।’
उनले थप भनेका छन्, ‘आज मलाई केही व्यक्तिरुले कुनै अमुक शक्तिसंग मिलेर आन्दोलन अगाडी बढाउनु भन्ने सल्लाह दिँदै हुनुहुन्छ । म ति सल्लाह दिने व्यक्तिलाई भन्छु, म गरिब, बिपन्न नागरिक, उत्पीडन बर्ग, बैकले कालोसुचिमा राखेका नेपाली व्यवसायी, गाउँका दुरदराजमा बस्नेबैंक, लघुबित्त सहकारी पिडितको साथी हुँ । म कसैको हलीहरुसंग सहकार्य गर्न किमार्थ तयार रहँदिन ।’





























प्रतिक्रिया