विमानस्थल निर्माणमा २४ लाख रुख काट्नु नपर्ने नेता नेपालको भनाई

विमानस्थल निर्माणमा २४ लाख रुख काट्नु नपर्ने नेता नेपालको भनाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पूर्वप्रधानमन्त्री एवम् संसदको अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिका संयोजक नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बाराको विकल्प नभएको बताएका छन् । टाँगिया बस्ती आसपास क्षेत्रलाई समेट्दा विमानस्थल बनाउन सकिने बताउँदै २४ लाख रुख काट्न नपर्ने उनले बताए ।

नेता नेपालले विमानस्थल निर्माणमा स्थानियबासीले समेत सहयोगी भूमिका खेल्नु पर्ने बताए । विमानस्थल निर्माणमा बस्तीका एक हजार चार सय ७६ घरधुरीलाई मुआब्जा भन्दा बस्ती स्थानान्तरण गर्नु पर्ने उनको भनाई छ ।

समिति सदस्य सांसद अनिल झा, पूर्वसांसद पुरुषोत्तम पौडेल, प्रदेश सभा सदस्य सुन्दर बिक, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल लगायतका सहभागी थिए । निजगढ नगरपालिका मेयर खनालले बस्ती स्थानान्तरण गर्न आयोजनालाई बिकल्प दिएर विमानस्थलको काममा गति दिनु पर्ने बतााए । विमानस्थल जीतपुरसिमरा उपमहानगरपालिका र कोल्हवी नगरपालिकामा निर्माण हुन लागेको हो ।
नयाँ पत्रिकाबाट

Logo