सरकारको वेथितिले जनतामा व्यवस्थाप्रति नै मोह भंग गरायो -अध्यक्ष प्रचण्ड

सरकारको वेथितिले जनतामा व्यवस्थाप्रति नै मोह भंग गरायो -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गलत क्रियाकलाप र प्रतिगाामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति आएको टिप्पणी गरेका छन् ।

आजको संसद बैठकमा विशेष समय लिएर बोलेका अध्यक्ष प्रचण्डले सरकारको वेथिति, असफलता र अविवेकले जनतामा व्यवस्थाप्रति नै मोह भंग गराएको बताउँदै आजसम्म त्यस्तो असन्तुष्टि नदेखेको बताएका हुन् । ‘जनतासँग सरकारको विश्वसनीय र औचित्य नै समाप्त भएको हो ?’ उनले थपे, ‘आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौसम्म बन्द कोठमासमेत राजतन्त्र पुनःस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएका छन् । यो चहलपहलमा देशभित्र र बाहिरको संगठित प्रयास भएको देखिन्छ ।’

Logo