‘गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र नै हो’ -अध्यक्ष प्रचण्ड

‘गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र नै हो’ -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको विकल्प निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् ।

माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिगको आज आयोजित कार्यक्रममा उनले देशभरका युवालाई अग्रगमनका सङ्गठति गर्नुपर्ने बताए । संविधानलाई परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिँदै सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादी क्रान्तिको तयारी गर्न आवश्यक भएको बताए ।

निजी सचिवालयका अनुसार प्रतिक्रान्तिकालाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीको काँधमा आएको बताउँदै अध्यक्ष दाहालले भने, “विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु स्वभाविक हो, त्यस्ता प्रयासका विरुद्ध अझ बढी सङ्गठित भएर उनीहरुलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हो ।”

Skip This
Skip This
Logo