काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुनुलाई अनुचित भएको टिप्पणी गरेका छन् ।
आज बसेको संसद बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘प्रतिपक्षी दलको नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रप्रति जनाआस्थामा पारेको प्रभाव आफैं मूल्यांकन गर्नुहोस् ।’
यो गतिविधिले लोकतन्त्रलाई मद्धत नगर्ने उनको भनाई छ । ‘हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौं ।’ उनले भने, ‘सदनभित्रै बहस गराउँदा मात्र लोकतन्त्र सुदृढ गर्न मद्धत गर्छ । ठाउँ ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई, मद्धत गर्दैन ।’
सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा मुछिएका रवि लामिछानेको सांसद पद गत ८ पुसदेखि निलम्बनमा छ ।































प्रतिक्रिया