प्रचण्डलक्षित गगनको टिप्पणी- व्यक्तिविरुद्ध घृणा फैलाउँदा यसले हामी सबैलाई लैजान्छ

प्रचण्डलक्षित गगनको टिप्पणी- व्यक्तिविरुद्ध घृणा फैलाउँदा यसले हामी सबैलाई लैजान्छ

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कुनै व्यक्तिविरुद्ध घृणा फैलाउँदा यसले सबैलाई हानी गर्ने टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधनका क्रममा उनले भने, ‘प्रश्न गरौं, आलोचना गरौं तर घृणा नफैलाऔं, यसले हामी सबैलाई लैजान्छ । प्रतिस्पर्धा पनि सभ्य ढंगले गरौं, हामीबीच भएका गल्ती कमजोरीलाई पनि स्विकार गरौं र सरकारले पनि कुनै अहंकार नराखी सम्बोधन गरौं ।’

साथै सांसद थापाले जनता आक्रोशित भएको भन्दै उनीहरु रिसाएको विषयमा पनि छलफल गर्नुपर्ने बताए । संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको उनको भनाई छ ।

Skip This
Skip This
Logo