काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य एवं झापा जिल्ला इञ्चार्ज खगेन्द्रराज आङदाङ्वे, संघको झापा जिल्ला नेताहरु विश्वदीप राजवंशी र अजय खवासमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ ।
उनीहरुमाथि गएराति झापाको विर्तामोडमा अज्ञात समूहले आक्रमण गरेको थियो । यस घटनामा राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिले निर्वाध तवरले जीवन जिउन पाउने अधिकारलाई कुण्ठित गरी ज्यानै मार्ने उद्देश्यले योजनावद्ध तवरले गरिएको साँघातिक आक्रमणको घोर निन्दा र भत्र्सना गर्दछौं । उपचाररत कमरेडहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
यस किसिमको अराजकता, अशान्ति र अपराधिक गतिविधीको नियन्त्रण गर्नु कानुनी राज्यको कर्तव्य हो । घटनामा संलग्न अपराधीहरुलाई यथाशक्य पक्राऊ गरी हदैसम्मको कार्वाही गर्न राष्ट्रिय युवा संघ नेपालले सरकारसमक्ष जोडदार माग गरेको छ ।
सो घटनाको यथार्थ सार्वजनिक गर्न छानविन समिति बनाई आवश्यक कार्वाही अघि नबढाइए संघ सशक्त प्रतिवादमा उत्रन बाध्य हुनेसमेत चेतावनी दिएको छ ।































प्रतिक्रिया