काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ ।
मंगलबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्नका लागि काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिए ।
साथै समाजवादी मोर्चाले राजतन्त्रका पक्षमा भइरहेका गतिविधिलाई आपत्तिजनक ठहर गर्दै सशक्त प्रतिवाद गर्न पनि अपिल गरेको छ ।





























प्रतिक्रिया