सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सन्तोष आचार्य निर्विरोध

सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सन्तोष आचार्य निर्विरोध

केन्द्रबिन्दु
189
Shares

जुम्ला । यहाँस्थित सिञ्जा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

चारवटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा मङ्गलबार आचार्य सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत तीर्थबहादुर नेपालले जानकारी दिए।

उनका अनुसार उपसभापतिमा अनेरास्ववियु विद्यार्थी सङ्गठनका महेन्द्रराज बम र सचिवमा नेविसङ्घका राजिन्दा शाही निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा र सदस्यहरुमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोविन्द बम निर्विरोध निर्वाचित भएका छन् । क्याम्पसमा हाल १८० विद्यार्थी छन् ।

Logo