हवाइ इन्धन भर्ने क्रममा जापानमा बिहिबार दुई अमेरिकी विमान ठोकिएका छन् ।   हावामा अमेरिकी विमान एफ-१८ लडाकु विमान र सी-१३० ट्याकंर एक आपसमा ठोकिएका हुन् । "/>

दुई अमेरिकी जहाज ठोक्कियो

दुई अमेरिकी जहाज ठोक्कियो

केन्द्रबिन्दु
0
Shares

हवाइ इन्धन भर्ने क्रममा जापानमा बिहिबार दुई अमेरिकी विमान ठोकिएका छन् ।  हावामा अमेरिकी विमान एफ-१८ लडाकु विमान र सी-१३० ट्याकंर एक आपसमा ठोकिएका हुन् । दुवै जहाजले इवाकुनी स्थित मरीन कर्प्स एयर स्टेशनबाट उडान भरेका थिए ।

विमान ठोकिएपछि  ६ सैनिक बेपत्ता भएका छन् । अमेरिकी रक्षा विभागका अफिसरका अनुसार घटना जापानको तट भन्दा करिव ३०० किलोमिटर टाढा भएको हो । सो घटनामा एक एयरम्यानलाई बचाइएको छ  भने तर बाकी नौसैनिकहरुको बारेमा कुनै जानकारी पाइएको छैन ।

नौसैनिकको अवस्था थाहा पाउन सर्च अपरेशन जारी रहेको छ । सी-१३० मा ५ र एफ-१८ मा दुई सर्विसम्यान रहेको बताइएको छ । खोजिकार्यका लागि जापानले ४ एयरक्राफ्ट र  तीन जहाज पठाएको छ ।

जापानद्वारा जहाज पठाएकोमा अमेरिकाले कृतज्ञता प्रकट गरेको छ । अमेरिकाले जापानमा आफ्नो ५० हजार सैनिक रहेको र दुर्घटनालाई सामान्य मान्न नसकिने बताएको छ ।

Logo