कीर्तिपुरमा नेविसंघको तालाबन्दी, समयसीमा कटेपछि उम्मेदवारी दर्ता गरेको आरोप

कीर्तिपुरमा नेविसंघको तालाबन्दी, समयसीमा कटेपछि उम्मेदवारी दर्ता गरेको आरोप

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । समयसीमा कटेपछि दिइएको निवेदनलाई निर्वाचन अधिकृतले दर्ता गरेको भन्दै नेपाल विद्यार्थी संघले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचन बागी उम्मेदवारी दर्ता गराएको आरोप लगाउँदै तालाबन्दी गरेको हो ।

आधिकारिक रूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टीम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि मनोनयन दर्ता गरिएको आरोप छ ।

समयसीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले आदिकल्चो फर्म लिएर बुझेकाले सो कुरा नसच्चिएसम्म तालाबन्दी गरिएको त्रिवि समितिका सभापति विष्णु बडैलालले बताए ।

Skip This
Skip This
Logo