काठमाडौं क्षेत्र नं ८ मा काँग्रेस नेता जोशी स्वास्थ्य सामाग्री बोकेर घरदैलोमा

काठमाडौं क्षेत्र नं ८ मा काँग्रेस नेता जोशी स्वास्थ्य सामाग्री बोकेर घरदैलोमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले काठमाडौं क्षेत्र नं ८ का जनतालाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

कोभिड–१९ को महामारीबीच घरदैलो अभियानमा निस्किएका नेता जोशीले शनिबार चागल क्षेत्रमा पुगेर त्यहाँका जनतालाई निःशुल्क मास्क, स्यानीटाइजर, अक्सिमिटर र औषधि वितरण गरेका हुन् ।

गणेशमान अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता जोशीले कोरोनाको महामारीको समयमा जनताको समस्या बुझ्न घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले यसअघि सोल्टीमोड, कालिमाटी, रविभवन, स्वयम्भू, मिलिजुली टोल र शान्तिनगर क्षेत्रका बासिन्दालाई घर घरमा पुगेर आवश्यक परामर्श गर्नुका साथै स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् ।

उनले घरदैलो अभियान अन्तर्गत सङ्क्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने तथा बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा २४ सै घण्टा सेवा सञ्चालन गरिएको जानकारी दिए।

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे, डा भूपेन्द्र बस्नेत लगायत विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको छ । कोरोना महामारी नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने प्रतिष्ठानले जनाएको छ ।

Skip This
Skip This
Logo