काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीचको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले शैक्षिक परामर्श र परामर्श लिने विद्यार्थीलाई समस्या परेको खण्डमा सहयोगको लागि सदैव तत्पर रहने बताए ।

त्यस्तै, परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाल प्रहरीसँग सहकार्य गरी शैक्षिक परामर्श व्यवशायलाई सुरक्षित र सहज बनाउनेले उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।
इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डेले विद्यार्थी र अभिभावकहरु सचेत र सजग भएर शैक्षिक परामर्श लिँदै गर्दा कहाँबाट लिने कसरी लिने भन्ने विषय र के-के विषयमा ध्यान पुर्याएर लिउन् भन्ने उदेश्यले नेपाल प्रहरीसँग मिलेर कुनै एउटा हेल्पलाइन रिडिजाइन गर्न चाहेको बताए ।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श ब्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल इक्यानका अध्यक्ष शेषराज भट्टराई, इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आइरिनका अध्यक्ष हेमन्त भट्टराई लगायत शैक्षिक परामर्श संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया