काठमाण्डौं । इन्ष्टिच्युट अफ इञ्जिनियरिंग (आईओई), थापाथली क्याम्पसले आफ्नो ५९औँ बर्षिक समारोहका शुभ अवसरमा आफ्नै क्याम्पस प्रांगणमा एक भब्य कार्यक्रम सम्पन्न गरेको छ ।
बुधवार इन्ष्टिच्युट अफ इञ्जिनियरिंग (आई.ओ.ई), थापाथली क्याम्पसले आफ्नो ५९औँ बर्षिक समारोह समापन भएको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममार्फत बि.सं. २०८१ सालको त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिंग संकायको परिक्षामा इञ्जिनियरिंग संस्थान, थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल प्रजेश श्रेष्ठलाई सम्मानित गरिएको छ ।
शैक्षिक उत्कृष्टता प्रदर्शित गर्दै इञ्जिनियरिंग संस्थान, थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल उनलाई “श्री शंकर लाल अग्रवाल स्वर्ण पदक बि.सं. २०८१” , प्रमाणपत्र का साथै नगद रु. ५१ हजार पुरस्कारका साथ सम्मानित गरिएको हो ।
इ.अ.सं., डीन प्रा. डा. सुशील बहादुर बज्राचार्यज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विशेष अतिथीका रुपमा शंकर ग्रुपका निर्देशक–संचालन तथा मार्केटिङ्ग श्री रवि प्रकाशज्यूका साथै ईन्ष्टिच्युट अफ इञ्जिनियरिंग, थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा. खेम ज्ञवली लगायतको गरिमामय उपस्थिती रहेको थियो ।































प्रतिक्रिया