नेपालीहरुले झुटो धेरै बोल्दा विदेशीले पत्याउनै छाडे -मुख्यमन्त्री लामा

नेपालीहरुले झुटो धेरै बोल्दा विदेशीले पत्याउनै छाडे -मुख्यमन्त्री लामा

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुधार गर्नुपर्ने बताएका छन् ।

बागमती प्रदेश हस्तकला संघको पाँचौ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले सबै क्षेत्र सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरु हुने बताएका हुन् । उनले भने, ‘नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने अवस्था छ । सबै सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरु हुन सक्छन् । हामी सबै सकारात्मक हुनुपर्यो । हामी नेपालीहरु झुटो धेरै बोल्ने भयौं, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो । हामीले विस्तारै विस्तारै झुटो बोल्न छोड्नुपर्छ अनी मात्र नेपाल र नेपालीलाई सबैले पत्याउँछन् ।’

साथै उनले उद्योग बिना रोजगारी सिर्जना हुन नसक्ने बताए ।

उनले भने, ‘उद्योगबिना रोजगारी सिर्जना हुन सक्दैन । रोजगारी सिर्जना गर्ने ठाउँ नै रोजगारी हो । उद्योगमा जोड दिएनौं भने पाखा लगायौं भने हामी सबै बेरोजगार हुन सक्छौं । रोजगारी सिर्जना हुने कामहरु हामीले गर्न सकेका छैनौं । खाली हामी रोजगारी भएन सिर्जना मात्र गर्नुपर्छ भनेर बसेका छौं । अब हामीले उद्योगलाई जोड दिनुपर्छ ।’

Skip This
Skip This
Logo