काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले पैसा बाँड्ने होइन, पैसा रोक्ने कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।
लामोसमयदेखि मन्त्रिपरिषदबाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने अभ्यासलाई संशोधन गर्नुपर्ने माग राख्दै उनले पूर्वविशिष्टहरूलाई पैसा बाँड्ने भन्दा पनि सुरक्षाका सम्बन्धमा कानून बनाउनु पर्ने बताएका हुन् ।
शनिबार पाँचथरको तुम्बेवा महोत्सव २०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सेनापति, सभामुख भइसकेका व्यक्तिहरूलाई पैसा होइन, राज्यले दिनैपर्ने न्यूनतम सुरक्षाको कुरा दिनुपर्छ ।’
सरकारले राज्यका पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेको भन्दै चर्को आलोचना भइरहेका बेला महामन्त्री थापाको यो भनाइ आएको हो ।































प्रतिक्रिया