काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले जित हात पारेका छन् ।
ढकालले एसोसिएटमा ५२२ मत, वस्तुगतमा ५९ र जिल्ला नगरमा ५३ मत पाएर जित हात पारेका हुन् ।
उनका प्रतिस्पर्धी किशोर प्रधानले भने एसोसिएटमा ३७५, वस्तुगतमा ३९ तथा जिल्ला नगरमा ५३ मत पाएका छन् ।
यसैगरी एसोसिएटतर्फ रामचन्द्र संघाईले जित हात पारेका छन् । संघाईले ४ सय ५५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी सौरभ ज्योतिले ४ सय ३४ मत मात्र पाए । संघाई ढकाल प्यानलका हुन् भने ज्योतिले किशोर प्यानलबाट निर्वाचनमा भाग लिएका थिए ।
यता महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी भएका छन् ।
शनिबार भएको महासंघको निर्वाचनमा किशोर प्रधान प्यानलबाट वस्तुगततर्फका उमेद्वार श्रेष्ठले कुल १०१ मध्ये ६२ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।
उनका प्रतिद्वन्द्वी चन्द्रप्रसाद ढकाल प्यानलका उमेद्वार उमेशलाल श्रेष्ठ २५ मत अन्तरले पराजित भए । उमेशलालले ३७ मत ल्याएका छन्।
यता जिल्ला नगर उपाध्यक्षमा प्रधान प्यानलका दिनेश श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले व्यवसायी गुणनिधी तिवारीलाई पराजित गरेका हुन् । श्रेष्ठले ५८ मत पाउँदा तिवारीले ४७ मत पाएका थिए ।





























प्रतिक्रिया