काठमाडौं । आसन्न स्ववियु निर्वाचनमा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट पूर्णिमाया परियार सभापतिको उम्मेदवार बनेकी छन् । उनी नेपालकै पहिलो दलित स्ववियु सभापति उम्मेदवार हुन् ।
शिक्षामा पहुँच र निरन्तरता, शिक्षाको गुणस्तर, परीक्षा प्रणालीको सुधार, शिक्षालाई रोजगारीसँग जोड्ने, छात्रवृत्ति अवसरलगायत विषयलाई चुनावी एजेन्डा बनाएकी पूर्णिमाया विद्यार्थीमाझ निकै लोकप्रिय पनि छिन् । विद्यार्थीको हकहित र शैक्षिक सुधारका लागि उनी अहोरात्र खटिन्छिन् । यसपटक स्ववियु सभापतिमा उनको निकै राम्रो सम्भावना रहेको चर्चा चल्ने गरेको छ ।
यसैगरी सचिवको उम्मेदवारमा विपना न्यौपाने छिन् ।
स्ववियु निर्वाचन यही ५ गतेका लागि तोकिएको छ । तर, पद्मकन्या क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको कार्यतालिकाअनुसार निर्वाचन हुन सकेको छैन । विभिन्न स्वार्थ समूहका कारण क्याम्पसमा स्ववियु चुनाव प्रक्रिया नै ढिलो भइरहेको हो । तोकिएको समयमा संगठनहले उम्मेदवारी दर्ता गराउन नसक्दा पद्यमकन्यालगायत केही क्याम्पसमा स्ववियु चुनाव धकेलिएको छ ।































प्रतिक्रिया