सक्सेस एव्रोड स्टडीद्वारा ३०० बढी विद्यार्थीलाई बिदाई तथा नयाँलाई परामर्श

सक्सेस एव्रोड स्टडीद्वारा ३०० बढी विद्यार्थीलाई बिदाई तथा नयाँलाई परामर्श

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । बागबजारमा अवस्थित चर्चित शैक्षिक परामर्शदाता सक्सेस एव्रोड स्टडीले फेयरवेल र इन्फरमेसन सेसन कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार वैदेशिक अध्ययनका लागि जापानको सीओई प्राप्त गरेका ३०० भन्दा बढी विद्यार्थीहरुलाई बिदाई गर्न र नयाँ विद्यार्थीलाई वैदेशिक अध्ययनको बारेमा जानकारी गराउन उक्त कार्यक्रम आयोजना गरिएको थियो।

२०२५ अप्रिल इन्टेक अप्लाई गरेर सिओई प्राप्त गरिसकेका विद्यार्थी र इन्टेक अप्लाइको तयारी गरिरहेका अक्टोबरमा वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा संस्थाका म्यानेजर डोल थापामगरले सिओई प्राप्त गरेका विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुका साथैं सुनौलो भविष्यको शुभकामना पनि प्रदान गरे । उनले आगामी दिनमा पनि विद्यार्थीलाई आवश्यक परामर्श दिई राम्रो शैक्षिक परामर्शदाताको भूमिका निवार्ह गर्ने प्रतिबद्दता पनि जनाए ।

संस्थाका प्रबन्ध निर्देशक भवनाथ हुमागाइले यस्ता कार्यक्रमहरुले विदेशमा अध्ययनरत विद्यार्थीहरुको सुझाव र अनुभव स्वदेशमा भएका विद्यार्थीहरुमाझ पु-याउन मद्दत गर्ने बताए ।

कार्यक्रमका दौरान संस्थाका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुत गरेका थिए । त्यस्तै गायक सुरज थापाले पनि कार्यक्रममा प्रस्तुती दिएका थिए । सक्सेस एव्रोड स्टडीले तालिमप्राप्त काउन्सलरबाट विगत एक दशकदेखि सफल शैक्षिक परामर्श सेवा प्रदान गर्नुका साथैं भ्रामक लोभ नदेखाई तथ्यमा आधारित परिपक्व परामर्श मात्रै प्रदान गर्दै आएको छ ।

Skip This
Skip This
Logo