काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये आज बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफसहितको प्रस्ताव पेश गरेका छन् । गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले पेश गरेको प्रस्ताव र सो प्रस्तावमा उठेका प्रश्नहरुको अध्यक्ष ओलीले जवाफ दिएका छन् ।
पछिल्लो समय नेपालमा विदेशी दुतहरुको भ्रमणको क्रम बढेको छ । यस अघि दुई दिने नेपाल भ्रमणका अर्को छिमेकी मुलुक भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला नेपाल आएका थिए । उनी फर्किए लगत्तै फेरि जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् ।
सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउण्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरि शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान आजदेखि शुरु भएको हो ।
कोरोना महामारीका कारण महिनौंदेखि बन्द रहेका विद्यालयहरु स्थानीय तहको निर्णयमा धमाधम खुल्न थालेका छन् । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरि विद्यालय पुनः सञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् ।
वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि आज मतदान भएको छ । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोरोना भाइरसको असरका कारण स्थगित हुदै आएकोमा आज नयाँ कार्यसमितिको मतदान तीन स्थानमा भएको हो ।





























प्रतिक्रिया