काठमाडौं । नेकपा (एमाले)का निकट अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरीले विद्यार्थीहरुको बलिदानबाट स्वतन्त्र विद्यार्थी युनियनको जन्म भएको भन्दै समाज परिवर्तनको लागि स्ववियु निर्वाचन अपरिहार्य भएको बताएका छन् ।
उनले अन्य संगठनहरुले आफुले जित्ने ठाउँमा स्ववियुको निर्वाचन गर्न खोज्ने आफूले हार्ने ठाउँमा निर्वाचन गर्न नखोज्ने र ताला बोकेर हिँड्ने गरेको बताए ।
उनले भने,‘लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन् । हामी अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थीको निर्वाचन हुनुपर्छ भनेर लागेका छौं । बलिदानबाट स्वतन्त्र विद्यार्थी युनियनको जन्म भएको हो । समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको संस्थाको निर्वाचनमा आज भिन्न संगठनहरु आफुले जित्ने ठाउँमा निर्वाचन गर्न खोज्ने, हार्ने भइयो भने निर्वाचन गर्न नखोज्ने वा ताला बोकेर हिड्ने गरिरहेका छन् । आफ्नो प्यानल मिलाउन नसकेर त्रिचन्द्र क्याम्पस, पद्यमकन्या, शंकरदेव, बुटवल बहुमुखी, पशुपतीलगायतका क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । त्यसैले के भन्न चाहन्छु भने आन्तरिक कुराले विद्यार्थीहरुले आफ्नो नेतृत्व छान्ने प्रकियालाई नरोक्नुहोला । जसरी पनि स्ववियुको निर्वाचन हुनुपर्छ । आज स्ववियुको महत्व झन बढेको छ । रचनात्मक तरिकाले अगाडि बढाउन पर्छ । अवको स्ववियुले नेपाललाई चाहिने जनशक्ति निर्माणका लागि काम गर्नुपर्छ ।’
आज तय भएको निर्वाचनमा विद्यार्थी संगठनहरुबीच आपसी विवाद उत्पन्न भएपछि गिरीको यस्तो प्रतिक्रिया आएको हो ।































प्रतिक्रिया