जनकपुर । पूर्वप्रहरी तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघका अभियन्ता सर्वेन्द्र खनालले ठगी गर्ने नेताहरुबाट बच्न आग्रह गरेका छन् ।
सोमबार जनकपुरधाममा आयोजित वित्तिय अराजकताको विरुद्धमा हाम्रो अभियान कार्यक्रममा सम्वोधन गर्दै पूर्वआईजीपीसमेत रहेका खनालले यस्तो आग्रह गर्दै लुट्ने र ढाडस दिने दुई जिब्रे चरित्रका नेताहरुसँग सजग हुने समय आएको बताए ।
उनले भने,‘म नेतागिरी गर्न आएको होइन । अराजकताको विरुद्धमा रहेको र जबसम्म पीडितलाई न्याय दिलाउँदिन तबसम्म आफू उम्किने छैन ।’
अहिलेका नेताहरु पदमा छँदा चुइक्कसम्म नबोल्ने र पदबाट निस्किएसँगै अधिकार दिलाउने भनेर ठुला ठुला भाषण दिँदै जनता लोभ्याउने गरेको कथन सुनाउँदै उनले भने,‘यस्ता चरित्रबाट बच्नुपर्छ । एकातर्फ सहकारी पीडित बनाउने र अर्कोतर्फ पिडककै सर्पोट गर्ने परिपाटी बढेको छ ।’
उनले यस अभियानबाट राजनीति होइन, पीडित जनतालाई उन्मुक्ति गराउने हाम्रो अभियानलाई सबैले सफल बनाउन आग्रह गरेका थिए ।





























प्रतिक्रिया