जनताले नै राजतन्त्र चाहेको खण्डमा फर्कन पनि सक्छ -नेता डा‍. शेखर कोइराला

जनताले नै राजतन्त्र चाहेको खण्डमा फर्कन पनि सक्छ -नेता डा‍. शेखर कोइराला

केन्द्रबिन्दु
279
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन सक्ने पनि टिप्पणी गरेका छन् ।

विराटनगरस्थित कोइराला निवास पुगेका नेता कोइरालाले भने, ‘जनताले नै राजतन्त्र चाहेको खण्डमा त हामी के गर्न सक्छौँ ? फर्कन पनि सक्छ ।’

पूर्वराजाको बारेमा नेताहरूले बोलिरहनु जरुरी नरहेको पनि नेता कोइरालाले बताएका छन् । ‘हामी त्रसित मनोभावनाबाट काम गरिरहेका छौँ’ उनले भने, ‘अहिले नै डराइहाल्नु पर्ने, निषेधाज्ञा लगाइहाल्नु पर्ने आवश्यकता छैन । राजनीतिक दलको कामका कारण जनतामा वितृष्णा पैदा भएकाले त्यही वितृष्णा सडकमा देखिएको हाे ।’

पछिल्लोसमय राजावादीहरुको सक्रियता बढेकै बेला सत्तारुढ दलका शीर्ष नेताले नै अभिव्यक्ति दिँदा अहिले राजनीतिक वृत्त तातिएको छ ।

Logo