काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आज गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई आईजीपीकाे फुली लगाइदिएका हुन् ।
महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी विदा भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थापालाई ३१ औँ आईजीपीमा नियुक्त गरेको थियो । थापासँगै प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदीप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ दौडमा थिए । एआईजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका कारण एआईजीको वरियतामा पहिलो नम्बरमा रहेका थापा नै आईजीपी बनेका हुन् ।





























प्रतिक्रिया