महासंघ निर्वाचन अपडेटः जिल्ला नगरतर्फको मतगणना जारी, ढकाल प्यानलले खाता खोल्यो

महासंघ निर्वाचन अपडेटः जिल्ला नगरतर्फको मतगणना जारी, ढकाल प्यानलले खाता खोल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा अन्तर्गतको निर्वाचनको मतदान सकिएसँगै मतगणना जारी रहेको छ । विहिबारबाट सुरु भएको साधारणसभामा महासंघको नयाँ नेतृत्व चयनका लागि आज विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो ।

महासंघको नयाँ कार्यसमिति चयनको लागि भएको मतदानको मतगणना प्रज्ञाभबन कमलादीमा साँझ ६ बजेबाट सुरु भएको हो । पछिल्लो मत परिणाम अनुसार एक केन्द्रिय सदस्य बिजयी भएका छन् । मतगणनामा ढकाल प्यानलबाट संस्थापक संघ तर्फबाट उम्मेदवारी दिएका दामु अधिकारी केन्द्रिय सदस्यमा विजयी भएका छन् ।

दामुले ७ मत ल्याएर विजयी भएका हुन भने उनका निकटतम प्रतिद्धन्द्धी उत्तमलाल चुकेले ५ मत प्राप्त गरेका छन । यसै क्रममा संस्थापक संघ तर्फबाट दामु अधिकारी केन्द्रिय सदस्यमा विजयी भएका छन् । यस अघि नै ढकाल प्यानलका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए ।

महासंघको इतिहासमै पहिलो पटक शतप्रतिशत मतदाताले महासंघको निर्वाचनमा भाग लिएका छन् । यसरी जिल्लानगरतर्फ १०५ मत र वस्तुगततर्फ १ सय १ मत खसेको छ । यता एसोसिएट तर्फ कुल ९०४ मत मध्ये ९०४ सय मत नै खसेको छ ।

मतगणनामा अहिलेसम्मको जानकारी अनुसार वस्तुगतर्फका उमेद्वारहरु अरुण सुमार्गीले ११,गजेन्द्र भगत ९, देवकुमार श्रेष्ठ ७,कमल श्रेष्ठ ११,चक्र अधिकारी ९, अशोकलाल अमात्य ९,पर्शुराम चपाई ८,मनोज मुण्दडाले ८ मत पाएका छन् ।

महासंघको केन्द्रीय कार्यालय टेकुमा वस्तुगत संघ समूह, कमलादी प्रज्ञा भवनमा उद्योग वाणिज्य समूह (जिल्ला नगर) र बबरमहलमा एशोसिएट सदस्य समूहको मतदान भएको थियो ।

Skip This
Skip This
Logo