स्ववियु चुनावः हालसम्म नेविसंघको अग्रता कायम, अनेरास्ववियु र अखिल क्रान्तिकारीले कति जिते ?

स्ववियु चुनावः हालसम्म नेविसंघको अग्रता कायम, अनेरास्ववियु र अखिल क्रान्तिकारीले कति जिते ?

केन्द्रबिन्दु
915
Shares

काठमाडौं । मंगलबार सम्पन्न त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण आउने क्रम जारी छ ।

अहिलेसम्म प्राप्त भएको नतिजा अनुरुप नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी (नेविसंघ) अग्रस्थानमा रहेको छ । नेविसंघले अहिलेसम्म १ सय क्याम्पसमा स्ववियु सभापति चयन भएको नेविसंघका केन्द्रिय सदस्य अनुराग शाहले जानकारी दिए । त्यस्तै, दोस्रो स्थानमा नेकपा एमालेनिकट अनेरास्ववियु रहेको छ । अनेरास्ववियुले देशभरको आंगीक र सम्बन्धन प्राप्त ९० क्याम्पसहरुमा जित हासिल गरेको अध्यक्ष समिक बडालले दावी गरे । त्यस्तै, नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)ले ४५ क्याम्पसमा जितेको छ ।

अनेरास्ववियु र नेविसंघले गठबन्धन बनाएर चुनावी मैदानमा ओर्लिका थिए । उक्त विर्वाचनमा २५ विद्यार्थी संगठनहरु प्रतिष्पर्धामा थिए । त्यसैगरी समाजवादीनिकट अनेरास्ववियु, वैद्यनिकट अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन नेपाल, मसालनिकट अखिल छैटौंलगायत थिए ।

यसका साथै, अखिल नेपाल विद्यार्थी युनियन, महन्थनिकट लोकतान्त्रिक विद्यार्थी संघ, मालेनिकट अनेरास्ववियु पाँचौं, राउतनिकट विद्यार्थी जनमत संघ, जनमुक्ति केपी लिम्बुनिकट नेपाल विद्यार्थी मार्चा, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, आहुतिनिकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी मार्चा रहे ।

यसैगरी चुनावी मैदानमा उत्रेका नागरिक विद्यार्थी समाज, नेपाल जनता पार्टी निकट राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, अशोककुमार राईनिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी मञ्च दर्ता भएका थिए । यी संगठनमध्ये अधिल्लो पटकको चुनावमा जस्तै यस पटक पनि नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्वविसयु । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारीको) नै छ ।

अन्य विद्यार्थी संगठनहरु भने चुनावी माहोलमै विलाएको जस्तो देखिन्छ । यसको प्रमुख उदाहरण हो माओवादी केन्द्रका मोहन बैद्य निकट अखिल क्रान्तिकारीले अहिले सम्म खाता समेत खोल्न नसक्नु ।

तर अध्यक्ष मोहन श्रेष्ठ भने, ‘संगठनले निष्पक्ष भएर चुनावी प्रतिष्पर्धा गरेको भएर जित निकाल्न सकेको छैन ।’ साथै उनले अन्य संगठनहरुले पैसा बाँडेर चुनाव जितेको र चुनाव जित्ने वाताावरण नदेखेपछि मतदान सुरु भैसकेको क्याम्पसमा विवाद सिर्जना गरेको आरोप लगाए ।

चुनावमा भाग लिएका कतिपय विद्यार्थी संगठनहरुको नाम त संगठनका नेताबाहेक अन्य कसैलाई जानकारी छैन होला ।

अहिलेसम्म नेपाली कांग्रेस निकट नेविसंघको नतिजा अग्रस्थानमा रहे पनि नेविसंघलाई अनेरास्ववियुले पच्छाइरहेको छ । त्यसैले स्ववियुमा कुन विद्यार्थी संगठनको पकड रहनेछ त्यो भने अन्तिम नतिजाले देखाउनेछ ।

Skip This
Skip This
Logo