काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था आएको बताएका छन् ।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बुधबार राष्ट्रियसभामा मन्त्री खड्काले भने, ‘अहिले पनि ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’
उनले थपे ‘लोडसेडिङ हिजो पनि थियो, आज पनि छ मात्रै हिजो घरमा मात्र दिएका थियो, उद्योगमा दिएका थिएनौं । आज पनि उही गति हो ।’
साथै मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको दाबी गर्दै भारत धन्यवादको पात्र भएको बताए । ‘कुलमानजी उज्यालो नेपालका नायक होइनन्, है । बरु यसको धन्यवाद भारत सरकारलाई दिऔं । जसले हाम्रो माग परिपूर्ती गरेको छ । यो यथार्थ हो ।’ उनले भने, ‘प्राधिकरणको नाफामा पनि फरक मत देखियो । म बोर्डको अध्यक्ष हुँ । महालेखाको प्रतिवेदनले साढे २ खर्ब घाटामा देखाएको छ । नाफामा गएको कुरामा सत्यता छैन ।’































प्रतिक्रिया