हेटौंडामा ट्रकसँग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो

हेटौंडामा ट्रकसँग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो

केन्द्रबिन्दु
75
Shares

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा -९ पशुपतिनगरमा ट्रकसँग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ ।

बिहीबार बिहान विरगंजबाट ग्याँस बोकेर धादिङको धार्के तर्फ जाँदै गरेको एन एल ०१ ए ए ५००७ नम्बरको भारतीय ग्यास वुलेट विपरीत दिशाबाट आइरहेको ग १ ख ९४८१ नम्बरको ट्रकसँग ठोक्किदा ग्याँस बुलेट सडक किनारमा पल्टिएको हो ।

बुलेटको बेक्र फेल भएर ट्रकसँग ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ । तर दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । ग्याँस भरी रहेका कारण थप क्षति हुनु नदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भइरहेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए ।

Logo