काठमाडौं । सिरहाको औरही गाउँपालिकामा आगामी १७ चैतदेखि आयोजना गर्न लागिएको श्री श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम)को घर भत्काएर हटाइएको विषय यतिबेला संसदमा पनि उठेको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले दलित परिवारको उठिवास लगाउने कुरा सह्य नभएको भन्दै न्यायको लागि जोडदार माग गरेका हुन् । ‘ती डोम परिवारको जसरी उठिवास गराइएको छ । यसको म घोर भर्त्र्सना गर्न चाहन्छु । ती पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग जोडदार माग गर्दछु ।’ उनले भने ।
महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काएर माटोसमेत खनेर फालिएको प्रकरण के हो ?





























प्रतिक्रिया