रौतहटमा एसइई परीक्षाः ४ सय २४ थान मोबाइल बरामद

रौतहटमा एसइई परीक्षाः ४ सय २४ थान मोबाइल बरामद

केन्द्रबिन्दु
0
Shares

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४ सय २४ थान मोवाईल सेट परीक्षा अनुगमन समितिले बरामद गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाअन्तर्गत बिहीवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोबाइल लुकाइ छिपाई परीक्षा हलभित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला परेको हो ।

परीक्षामा अमर्यादित क्रियाकलाप र परीक्षार्थीहरुलाई चिट चोर्नमा सहयोग गरेको अवस्थामा श्री यमुनामाइ माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रबाट एक र श्री लक्ष्मीनिया माध्यमिक विद्यालय मौलापुरबाट एक गरि दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले बताए ।

उनका अनुसार झुन्खुन्वा परीक्षा केन्द्रमा परीक्षार्थीहरु बाट केही रकम लिइ परीक्षा केन्द्रमा मोवाईल प्रवेश गराउने परीक्षा निरीक्षकलाई पक्राउ गरिएको हो । मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्याउने कार्यमा सग्लन एक जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

पक्राउ परेका दुई जनालाई परीक्षा मर्यादा भंग गर्ने कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Skip This
Skip This
Logo